Logo
१७ बैशाख २०८१, सोमबार
(April 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७२ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

२७२ किलो गाँजासहित सशस्त्र प्रहरी बलले एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डअन्तर्गत बाइपास इलाकाबाट गाँजासहितको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई जाँच गर्दा गाँजा फेला परेको हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: Apr 16, 2024

प्रतिक्रिया दिनुहोस्