Logo
१९ बैशाख २०८१, बुधबार
(April 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीको झडपपछि अनुमति लिएर मात्रै सभा, जुलुस गर्न प्रशासनको सूचना

६ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्‍याली गर्न सूचना जारी गरेको छ ।

बुधबार विराटनगर रानीमा दुई समूहबीच झडपभएपछि बिहीबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले अग्रिम समन्वय गरेर मात्रै राजनीतिक दलको सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत र्‍याली, भेला तथा प्रदर्शन नगर्न सूचना जारी गरेको हो।

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो। अवस्था सामान्य भएपनि जोखिम रहेका कारण सहमति विना भेला जुलुस नगर्न प्रशासनले सूचना जारी गरेको जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2024

प्रतिक्रिया दिनुहोस्