Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री भुमि पेडनेकरले आज ३२ औं जन्मदिन मनाउँदै, यस्तो छ फिल्मी संघर्ष

भारतीय अभिनेत्री भुमि पेडनेकर आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । १८ जुलाई १९८९ मा मुम्बईमा जन्मिएकी भुमिले कठिन संघर्ष र मिहिनेतले बलिउडमा पहिचान बनाउन सफल भएकी छन् ।

अभिनेत्री बन्नु अगाडि उनले ६ वर्ष यशराज फिल्ममा असिस्टेन्टको काम गरेकी थिइन् ।सन् २०१५ मा फिल्म ‘दम लगा के हईशा’बाट अभिनय करियर सुरु गरेकी उनले फिल्ममा दमदार महिलाको भुमिका निर्वाह गरेकी थिइन् ।

अक्सर अभिनेत्रीहरु आफ्नो तौल घटाएर फिल्ममा आएका छन् । उनले भने डेब्यु फिल्मका लागि तौल बढाएकी थिइन् । फिल्म रिलिज पछि चलचित्रको कथा र भुमिको अभिनय दुवै रुचाइएको थियो ।

थुप्रै अभिनेत्रीको भिडमा बलिउडमा आफ्नो परिचय बनाउन भुमिका लागि सहज थिएन । तर पनि उनले आफ्नो फरक पहिचान बनाउन सफल रहिन् ।

उनी १८ बर्षका रहदा उनका बुबाको क्यान्सरका कारण निधन भयो । बुबाको निधन पछि उनी र परिवारले निकै संघर्ष गर्नुपरेको थियो ।

भुमि निकै मेहनती छिन् ।  उनी आफुलाई टिपिकल मुम्बई गर्ल समेत मान्दछिन् । भुमिले पर्दामा त्यस्तो मुद्दा उठाएकी छन् । जसका लागि अन्य हेरोइन पछि हट्ने गर्दछन् ।

उनले ‘शुभ मंगल सावधान’ र ‘टोयलेट एक प्रेम कथा’ जस्तो फिल्ममा काम गरेकी छन् । जसमा समाजको वास्तविकता देखाइएको थियो । जुन बिषयमा मानिस खुलेर कुरा गर्न हिच्किचाउने गर्दथे ।
भुमि छिट्टै अक्षयकुमारका साथ फिल्म ‘रक्षाबन्धन’मा समेत देखिनेछिन् ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्