Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार ३१ गते नेपाली बजारमा रेनो काइगर सार्वजनिक हुने, जान्नुहोस् यस्ता छन् विशेषता !

नेपाली बजारमा रेनो काइगर असार ३१ गते बिहीबार सार्वजनिक गरिने भएको छ । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर भर्चुअल माध्यमबाट सार्वजनिक गरिने बताएको छ ।

रेनो काइगर सीएमएफ-ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध छ ।

१.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ जसले गर्दा सो एसयूभी आकर्षक ड्युअल टोन डिजाइनमा देखिएको छ ।

यद्यपि नेपाली बजारमा उपलब्ध हुने रेनो काइगर र यसको भेरिएन्ट तथा मूल्यको वारेमा त्यही दिन नै आधिकारिक रुपमा जानकारी हुनेछ । यद्यपि केही दिन पहिले रेनो काइगरको बुकिङ खुलिसकेको छ ।

यसको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका फिचर पनि पाउन सकिन्छ । नेपाल अटो

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्