Logo
६ जेष्ठ २०८१, आईतबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानले नेपालसहित एसियाली मुलुकलाई कोरोना खोप अनुदान दिने

जापानले नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ ।

अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका मुलकलाई अनुदानमा दिने जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार घोषणा गरेका हुन् ।

उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ ।

जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् ।

मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०/१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ ।

 

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्