Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलिया अभिनित ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने

बलिउड अभिनेत्री अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ ।

ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो ।

तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।

‘संजयलीला भंसाली फिल्मका कारण निकै खुसी छन् । उनलाई लाग्ने गरेको छ स्केल, भिजुअल साइज र इमोशन्सका हिसाबले यो उनको अहिलेसम्मकै राम्रो फिल्म हो’ फिल्मसँग नजिक एक सदस्यले ‘यो कुनैपनि हालतमा ओटीटी प्लेटफर्ममा गरिने छैन ।

’फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगन, शान्तनु महेश्वरी समेत मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्