Logo
६ जेष्ठ २०८१, आईतबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीले बिस्तार गरेको नयाँ मन्त्रिमण्डलमा युवा, विज्ञ र सीमान्तकृतको उल्लेख्य प्रतिनिधित्व

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मन्त्रिपरिषद बिस्तार गरेका छन् ।हिजो बुधबार साँझ प्रधानमन्त्री मोदीले १५ मन्त्री र २८ राज्यमन्त्रीसहित ४३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

केन्द्रीय मन्त्रीहरुमा नारायण राणे, सर्वानन्द सोनोवालसहित मध्य प्रदेशका ज्योतिरादित्य सिन्धिया र वीरेन्द्र कुमार लगायतले सपथ लिएका छन् ।त्यस्तै २८ राज्यमन्त्रीले पनि सपथ लिएका छन् । जसमा उत्तर प्रदेशका अनुप्रिया पटेल र पंकज चौधरी लगायत सामेल छन् ।

नयाँ मन्त्रिमण्डलमा अधिकांश युवा र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व भएको छ । जसमा ११ जना महिला, अल्पसङ्ख्यक ६ जना, ८ जना जनजातिको तर्फबाट सहभागी गराइएको छ ।

मन्त्रिमण्डलमा ३६ जना नयाँ र सात जना पुरानैलाई निरन्तरता दिइएको छ । नयाँ थपिएका ३६ जनामध्ये ७ जना उत्तरप्रदेशबाट छन् । यसैगरी १२ मन्त्री दलित समुदायबाट अलग अलग राज्यबाट प्रतिनिधित्व गराइएको छ ।

मन्त्रिपरिषदमा १३ जना वकिल, ६ जना डाक्टर, ५ जना इन्जिनियर, ७ जना पूर्वसरकारी कर्मचारी र सात जनाले विद्यावारिधि हासिल गरेका छन । त्यसैगरी मुस्लिम, शिख, बौद्ध र क्रिश्चियन समुदायको पनि मन्त्रीमण्डलमा प्रतिनिधित्व रहेको छ ।

नयाँ मन्त्रीमण्डल बिस्तारसँगै मन्त्रीहरुको औसत उमेर ५८ वर्षमा झरेको छ जुन उमेर पुर्नगठन हुनुभन्दा पहिला ६१ थियो । १४ मन्त्रीहरु ५० वर्षभन्दा कम उमेरका छन् जसमा तीन मन्त्री ४० वर्षभन्दा कम उमेरका छन्।

प्रधानमन्त्री माेदी सन् २०१९ मे मा दोस्रो कार्यकालका प्रधानमन्त्री भएका थिए ।

यी हुन् नयाँ १५ मन्त्री
नारायण राणे
सर्बानन्द सोनोवाल
वीरेन्द्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
आश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजु
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भुपेन्द्र यादव
पुरुषोत्तम रुपाला
जी किशन रेड्डी
अनुराग ठाकुर

यी हुन् नयाँ राज्यमन्त्री
पंकज चौधरी
अनुप्रिया पटेल
सत्यपालसिंह बघेल
राजीव चन्द्रशेखर
शोभा करंदलाजे
भानुप्रसाद सिंह बर्मा
दर्शनविक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्ण लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बिएल बर्मा
अजयकुमार
देवसिंह चौहान
भगवंत खुबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभास सरकार
भगवत कृष्ण राव कराड
राजनकुमार रंजन सिंह
भरती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतुन ठाकुर
महेन्द्रभाई मुंजापारा
जाँन बारला
एल मुरुगन
नीतिश प्रामाणिक

 

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्