Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजुकीले चाँडै नै वर्गम्यान इलेक्ट्रिक स्कुटर लन्च गर्दै, यस्तो छ विशेषता !

जापानी अटोमोबाइल कम्पनी सुजुकीले चाँडै नै वर्गम्यान इलेक्ट्रिक स्कुटर लन्च गर्न भएको छ ।

यसको लागि कम्पनीले सो इलेक्ट्रिक स्कुटरको परीक्षण गरिरहेको छ । सो स्कुटर परीक्षणको समयमा देखा परेको थियो । सो स्कुटरको खास विशेषता यस्तो रहेको छ ।

रिपोर्टका अनुसार नयाँ वर्गम्यान इलेक्ट्रिक स्कुटर ह्वाइटमा ब्लु एक्सेट कलरमा उपलब्ध रहेको छ । जसमा टेलपाइप इमिसन उपलब्ध रहेको छैन ।

सो इलेक्ट्रिक स्कुटरमा स्विङ आर्म माउन्टेड रियर मोनोसक, रियर स्ट्यान्डमा ट्वीनसक एब्जर्बर, रिडिजाइन गरेको रियर फेन्डर र नयाँ रियर टायर समावेश गरिएको छ ।

सो इलेक्ट्रिक स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन युएसी चार्जर, फुल एलईडी हेडलाइट, स्पेसियस अन्डर सीट स्टोरेज र अलोय ह्वीलको साथमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध रहेको छ ।

सो स्कुटरको पावरट्रेनको बारेमा केही जानकारी दिइएको छैन । रिपोर्ट अनुसार सो इलेक्ट्रिक स्कुटर १२५ सीसी पेट्रोल इन्जिन समान पावर दिने दावी गरिएको छ ।

सो इलेक्ट्रिक स्कुटरले सिंगल चार्जमा ९० देखि १०० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्