Logo
२२ बैशाख २०८१, शनिबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा भित्रिए जीडब्लुएमका तीन गाडी

ग्रेटवाल मोटर (जीडब्लुएम) कम्पनीले तीन मोडलका गाडी नेपाली बजारमा भित्र्याएको छ ।

नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गरेसँगै बजारमा राम्रो उपस्थिति जनाउने समेत कम्पनीले दावी गरेको छ ।

ग्रेटवालको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्स रहेको छ । कम्पनीले केही दिन पहिले देखि नै थापाथलीस्थित सोरुममा गाडी सजाएर राखिएको भए पनि हाल प्रेस विज्ञप्तिमार्फत गाडी भित्रिएको औपचारिक जानकारी गराएको हो । हालको बजारको अवस्थालाई मध्यनजर गर्दै चाँडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने समेत बताएको छ ।

ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलका तेस्रो जेनेरेसनको ह्यावल एच६ र ह्यावल जोलियन छ भने पिकअपमा पोअर रहेको छ । दुवै मोडलहरुको लुक, इन्टेरियर स्पेस, ओभरल पर्फमेन्स र सेफ्टीलाई ध्यानमा राखेर विस्तृत रुपमा रिडिजाइन गरिएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण थर्ड जेनेरेसन ह्यावल एच सिक्स (एच६) मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ । त्यसैगरी ह्यावल जोलियनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र पोअरमामा २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ ।

हाल ग्रेटवाल मोटर्सको सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ र ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको बताएको छ ।

निकट भविष्यमा ग्रेटवाल मोटर्सले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार ओरा आर१ समेत नेपाली बजारमा ल्याउने योजना बनाएको बताएको छ जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ ।

ओरा आर१ विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार मानिन्छ । गत वर्ष भारतमा सम्पन्न अटो एक्सपोमा यसले निकै नै चर्चा पाएको थियो । साथै कम्पनीले जीडब्लुएमको लोकप्रिय गाडी विंगल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको बताएको छ ।

ग्रेटवाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो । धेरै वर्षसम्म एसयूभी र पिकअपहरुले लगातार चिनियाँ बजारको बिक्रीमा नेतृत्व गरिरहेको छ । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो ।

जीडब्लुएमले सन् १९९८ देखि एसयूभी र पिकअप ट्रक निर्यात गर्न सुरु गरेको थियो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ ।

कम्पनीले विश्वव्यापी रुपमा एक नयाँ मानक स्थापित गर्न सफल रह्यो र नेपाली ग्राहकहरुको बीचमा एक आइकनिक ब्रान्ड बन्दै नेपालमा पनि यही परम्परालाई अगाडि बढाउने दावी गरेको छ । नेपाल अटो

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्