Logo
१६ बैशाख २०८१, आईतबार
(June 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

बलिउड अभिनेता दिलीप कुमार स्वास्थ्यमा खराबी देखिएपछि फेरि अस्पताल भर्ना भएका छन् । भारतीय एजेन्सीका अनुसार ९८ वर्षका दिलीप कुमारको अचानक स्वास्थ्यमा खराबी देखिएपछि हिन्दुजा अस्पताल भर्ना गरिएको समाचार बाहिरआएको छ ।

दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको हो । उनको हालत स्थिर बताइएको छ । केही अगाडि पनि दिलीपक कुमारलाई सास फेर्न समस्या भएको कारण हिन्दुजा अस्पतालमै भर्ना गरिएको थियो ।

सो समय उनको फोक्सोबाट ३५० मिली लिटर पानी निकालिएको थियो ।डा. नितिन गोखले र डा. जलील पारकरको रेखदेखमा उनको सर्जरी गरिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति: Jun 30, 2021

प्रतिक्रिया दिनुहोस्