Logo
१७ बैशाख २०८१, सोमबार
(June 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधुरी दीक्षितको ब्युटिफुल लेहंगाको तस्वीर भयो भाइरल !

माधुरी दीक्षित बलिउडकी चर्चित अभिनेत्री मध्ये एक अभिनेत्री मानिन्छ । अभिनेत्री माधुरी दीक्षित लुक्सका कारणले अक्सर चर्चामा रहन्छिन् ।

माधुरीले अहिले फेरि केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा माधुरी कालो र सेतो रंगको लेहंगामा देखिएकी छन् । जुन फ्यानले निकै रुचाइएका छन् । उनी समय समयमा  फरक फरक लुक्सका तस्बिर फ्यानका साथ बारम्बार शेयर गर्छिन् ।

माधुरी कालो र सेतो रंगको लेहंगामा हिल समेत लगाएकी उनले हल्का मेकअप, ओपन हेयर्स, कानमा झुम्काको साथमा यो लुक्स पुरा गरेकी छन् । यो निकै हट समेत देखिएको उनको यो लुक्सको तस्बिर हेरेर फ्यान उनी प्रति मोहित भएका छन् ।

पछिल्लो समय माधुरी फिल्मबाट टाढा रहेकी छन् । तेजाव, रामलखन, परिन्दा, साजन, खलनायक, दिल, बेटा, हम आपकै है कौन, दिलतो पागल है, देवदास लगायत थुपै्र फिल्ममा काम गरेकी माधुरी अभिनय र नृत्यका माध्यमबाट दर्शकको मन जित्न सफल छिन् । अहिले पनि दर्शक उनको काम सम्झने गर्दछन् ।एजेन्सी

 

 

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्