Logo
२२ बैशाख २०८१, शनिबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रोटोन एक्स७० नेपालमा बुधबार लञ्च हुँदै, यस्ता छन् विशेषता !

जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहुप्रतीक्षित मोडल ‘प्रोटोन एक्स७०’ यही आउने असार १६ अर्थात जुन ३० तारिख बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।

पहिला नै लञ्च गर्ने तय भइ सकेको सो गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । त्यसैले विस्तारै परिस्थिति सहज भएसँगै सो गाडीलाई नेपालमा पुनः लञ्च गर्न लागिएको जगदम्बा मोटर्सले जनाएको छ ।

भर्चुअल लन्च कार्यक्रम असार १६ गते साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ रहेको The New PROTON X 70 Virtual Launch event क्लिक गरि Going अथवा Interested मा क्लिक गर्नुपर्ने हुन्छ। साथै सो भर्चुअल लन्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको बताएको छ ।

प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर धेरै मात्रामा रुचाइएको एसयूभी हो । यसको एक्सटेरियरमा बाउ सेप्ड फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, टाइगर सेप्ड अर्थात बाघको आँखाको जस्तै आकार भएको एलईडी हेडल्याम्प, डीआरएल अर्थात डे टाइम रनिङ लाइट, अटो रेन सेन्सिङ वाइपर अर्थात पानी परेको थाहा पाउने वाइपर्स, प्यानोरामिक सनरूफ तथा किक सेन्सरको साथ पावर टेलगेट जस्ता अन्य आकर्षक फिचरहरु रहेका छन् ।

यी फिचरले यसलाई अरुभन्दा फरक र आकर्षक बनाउँदछ भने यसको इन्टेरियरमा नाप्पा लेदरबाट बनेको सिट र स्टेयरिङ ह्विल रहेको छ जसमा रेडियो नियन्त्रण र ब्लुटुथ फोन नियन्त्रण प्रणाली समाहित रहेको छ ।

त्यस्तै ८ इन्चको ठुलो स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर प्रणाली अर्थात इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणाली, एन ९५ क्याबिन फिल्टर, ६ यूएसबी पोर्टहरू तथा भेंन्टिलेटेड फ्रन्ट सिट सो एसयूभीको इन्टेरियरमा रहेका छन् ।

यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ । यसमा रहेको १.५ टीजीआई टर्बोचार्ज डाइरेक्ट इन्जेक्सन इन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ ७–स्पिड डीसीटी प्रदान गर्दछ भने इन्टेलिजेन्ट रियल टाइम फोर ह्विल ड्राइभ ड्युअल मोड इलेक्ट्रिक पावर स्टेयरिङ तथा प्रोटोन ट्युन्ड चेसिसले हिल होल्ड असिस्ट र हिल डिसेन्ट असिस्टमा सहायता पुर्‍याउँछन् ।

सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो रहेको छ । फाइभ स्टार सेफ्टी रेटिङ पाएको यस गाडीमा ६ ओटा एयरब्याग रहेका छन् । यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक अतिरिक्त सुरक्षाका सुविधाहरु रहेका छन् ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५ मा प्रोटोन सागाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो ।

त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री-वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा उपलब्ध रहेका छन् भने यसका लगभग ४.४ करोड प्रयोगकर्ता रहेका छन् । यसले आफ्नो प्रथम एसयूभी प्रोटोन एक्स७० भने मलेशियामा सर्वप्रथम २०१८ मा सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा यो भन्दा पहिले जगदम्बा मोटर्सले प्रोटोन सागा बिक्री–वितरण गरिरहेको छ ।नेपाल अटो

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्