Logo
१६ बैशाख २०८१, आईतबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता ऋतिक रोशनले गरे ‘कृष-४’ फिल्मको घोषणा

भारतीय अभिनेता ऋतिक रोशनको अभिनय रहेका हिट फिल्म ‘कृष-४’  निर्माण हुने भएको छ । ऋतिक रोशनले ‘कृष-४’ फिल्मको घोषणा गरेका हुन् ।

उनले फिल्म ‘कृष’ निर्माण भएको १५ बर्ष पुगेको अवसरमा सामाजिक संजलामा लेखेका छन् ‘पहिलेको कुरा बितिसकेको छ । अब भबिश्य कस्तो लिएर त्यो देख्न बाकी छ ‘कृष-४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाइ फिल्म मध्य एक हो ।

करिव दुई बर्ष अगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२० को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अब्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए । सो समय उनले फिल्मको लेखन कार्य भइरहेको र ढिला हुने जानकारी दिएका थिए ।

‘कृष’ फ्रेन्चाइसको सुरुवात २००३ मा ‘कोई मिल गया’ फिल्मबाट भएको थियो । यसपछि अन्य दुई फिल्म ‘कृष’ २००६, ‘कृष ३’ २०१३ रिलिज भएको थियो ।

 

 

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्