Logo
२२ बैशाख २०८१, शनिबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बजारमा भित्रियो जापानमा बनेको सुजुकी भिटारा, यस्ता छन् विशेषता !

नेपालमा जापानमै निर्मित भएको सुजुकी भिटारा कार भित्रिएको छ ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेको सुजुकी भिटारा कार नेपाली बजारमा ल्याएको हो ।

सुजुकीको नक्सालस्थित सुजुकी नेक्स्ट जेन सोरुमबाट सो गाडी खरिद गर्न सकिने कम्पनीको भनाइ छ । सुजुकीले एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने क्रममा पहिलो उत्पादनको रुपमा सुजुकी भिटारा भित्र्याएको हो । यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ ।

सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्ने र अहिलेको लाइनअपलाई निरन्तरता दिने बताएको थियो ।

भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेका छन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास रहेको छ ।

बक्सी डिजाइनमा तयार भएको सुजुकी भिटारामा ४ ड्राइभिङ मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार यसलाई अटो, स्पोर्ट, स्नो र लक मोडमा चलाउन सक्ने छन् ।

भिटारामा ४।२ इन्चको मल्टी इन्फर्मेसन इन्स्ट्रयुमेन्ट क्लस्टर छ । त्यसैगरी यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल वाच जस्ता फिचरले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ ।

गाडीमा अटो, स्पोर्ट, स्नो र लक गरी चार ड्राइभिङ मोड उपलब्ध रहेको छ । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् ।

अब एसएमसीका उत्पादन सिधै जापानबाट भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउने कम्पनीले जानकारी दिएको छ । नेपाल अटो

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्