Logo
२६ बैशाख २०८१, बुधबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरीक्ष केन्द्रमा चिनियाँ यात्रीले खाएको र सुतेको भिडियो सार्वजनिक

चिनियाँ यात्री अन्तरीक्षमा बसेर दिनभर काम गर्ने र राति सुत्ने कार्य गरिरहेका छन् । यसको भिडियो चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको छ ।

ग्लोबल टाइम्सले बुधबार तीन चिनियाँ अन्तरीक्ष यात्री नि हैसेङ, लिउ बोमिङ र ताङ होङबोको मुख्य गतिविधिको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा उनीहरुले खाएको देखि सुतेको समेत देखाइएको छ ।

तियानही मोडुली नाम दिइएको अन्तरीक्ष केन्द्रमा उनीहरु तीन महिना रहनेछन् । यो पाँच वर्षपछि चीनको पहिलो अन्तरीक्ष मिसन हो ।

चिनियाँ सेन्ट्रल चाइना टेलिभिजनले प्रसारण गरेको टेलिभिजनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यात्रीहरुसँग ५ मिनेट कुराकानी गरेर धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्