Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनिल शेट्टीका छोरा अहानसँग अक्षय कुमारले एक्सन फिल्ममा काम गर्दै !

सुनिल शेट्टीका छोरा अहानले अक्षय कुमारसँग एक्सन फिल्म स्क्रिन सेयर गर्दै छन् । फिल्मको विषयमा धेरै जानकारी अहिले सार्वजनिक भएको छैन । तर यो फिल्म एक्सन थ्रिलर फिल्म हुने बताइएको छ ।

सुनिलका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन् ।

क्षय कुमार र सुनिल शेट्टी निकै राम्रा साथी हुन् । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।मार्चमा अक्षयले अहानको डेब्यू फिल्म ‘तडप’ को पोस्टर सेयर गर्दै लेखेका थिए, ‘अहान तपाईंको लागि यो ठूलो दिन हो । मलाई आज पनि तिम्रो पापा सुनिल शेट्टीको पहिलो फिल्म ‘बलवान’ को पोस्टर याद छ र आज म तिम्रो पोस्टर प्र्रस्तुत गरिरहेको छु ।’

मिलन लुथरियाको निर्देशनमा बनेको ‘तडप’ २४ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज हुनेछ ।

 

 

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्