Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अजय देवगणले किने नयाँ घर, जान्नुहोस् मूल्य कति ?

बलिउड अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् ।अजयले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् ।अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४.४ वर्ग मिटरमा फैलिएको छ ।

अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् ।

अजयले किनेको बजारमा जसको मूल्य ६० करोड बताइएको छ तर एक अनलाइनमा प्रकाशित खबरमा उक्त घरको मूल्य ६० नभएर ४७ करोड रहेको बताएको छ ।

उक्त अनलाइनले घर किन्न अजयले १८.७५ करोड लोन लिएको समेत दाबी गरेको छ । तर यो कुराको पुष्टि कतैबाट भएको छैन ।

अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए । फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्