Logo
९ असार २०७८, बुधबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शिल्पा शेट्टीको आज जन्मदिन ! जान्नुहोस् उनको फिटनेसको रहस्य !

बलिउडकी चर्चीत अभिनेत्री शिल्पा शेट्टीको आज जन्मदिन रहेको छ । बलिउड उद्योगमा आफ्नो फिटनेस र सुन्दरताका लागि चिनिएकी अभिनेत्रीमा पर्ने गर्छिन् शिल्पा । शिल्पाको जन्म ८ जुन, १९७५ मा मंगलौरमा भएको थियो ।

शिल्पाले आफ्नो पढाई मुम्बईबाट पूरा गरेकी हुन् । अभिनयसँगै आफ्नो उत्कृष्ट नृत्यका लागि पनि शिल्पा चिनिन्छिन् ।उनले भरतनाट्यम डान्समा प्रोफेशनल तालिम पनि लिएकी थिइन् । स्कुल पढ्दा उनी भलिबल टिमको कप्तान पनि थिइन् । उनी कराँतेकी ब्ल्याक बेल्ट पनि हुन् ।

पछिल्लो समय फिल्मबाट टाढा भएपनि शिल्पा चर्चा बाहिर भने छैनन् । उनले आफ्नो योगा स्किल्सलाई एक नयाँ मोड दिएकी छिन् । योगाकै विषयमा उनले डिभिटी लन्च गरेकी छिन् ।

स्वस्थ डाइटबारे पुस्तक लेखेकी छिन् र यी अभिनेत्रीको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ, उनले फरक-फरक स्वस्थ खानेकुराको रेसेपी शेयर गर्छिन् ।

विशेषगरी, आफ्ना योगा भिडियोकै कारण शिल्पा चर्चामा रहन्छिन् । फिटनेसको रहस्य के हो भने सोध्दा उनी जवाफ फर्काउँछिन्,‘योग र स्वस्थ खानपान ।’

शिल्पाले शाहरुख खानको फिल्म बाजिगरमार्फत  बलिउड डेब्यु गरेकी थिइन् । फिल्ममा उनी सेकेन्ड लिडमा थिइन्, तर आफ्नो उत्कृष्ट अभिनयका कारण उनले नै सबैको ध्यान खिचिन् ।

शिल्पाले फिल्ममा आउनुअघि मोडलिङ गर्थिन् । सन् १९९१ मा उनी लिम्माको विज्ञापनमा देखिएकी थिइन् । यसपछि थुप्रै विज्ञापनमा छाइस्केपछि उनले बाजिगर फिल्ममा मौका पाएकी हुन् ।

सन् २००९ मा शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरे । दुबैको भेटघाट लण्डनमा भएको थियो । यो जोडीका एक छोरा वियान र छोरी समिक्षा छन् ।

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्