Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसयूभी किया स्पोर्टेजको नयाँ फिफ्थ जेनेरेसनको टिजर सार्वजनिक, जुलाईमा ग्लोबल डेब्यु हुँदै

कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात फिफ्थ जेनेरेसन मोडलको टिजर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार सो एसयूभी आगामी जुलाई महिनामा ग्लोबल मार्केटमा बिक्रीका लागि उपलब्ध गराइने छ । सबैभन्दा पहिले यो दक्षिण कोरियामा बिक्रीका लागि उपलब्ध गराइने छ ।

नयाँ जेनेरेसन स्पोर्टेजको डिजाइन, एक्सटेरियर र इन्टेरियर हालको मोडल भन्दा फरक रहेको छ । कम्पनीको नयाँ डिजाइन फिलोसोफी अपोजिट युनाइटेडका आधारमा यो तयार गरिएको छ, जसले यसलाई एग्रेसिभ लुक प्रदान गर्नुका साथै राम्रो डिजाइन क्यारेक्टर प्रदान गरेको छ ।

नयाँ स्पोर्टेजमा कियाले हालै सार्वजनिक गरेको नयाँ लोगो समेत राखिने छ । एसयूभीको चारैतिर बडी कभर हुने गरी मस्कुलर क्यारेक्टर लाइन दिइएको छ ।

टिजर इमेजमा देखिए अनुसार यसमा सार्प र स्लिक लुक भएको नयाँ हेडल्याम्प, फराकिलो फ्रन्ट ग्रिलका साथ बीचमा कियाको नयाँ लोगो छ ।

यसको साइड र रियर प्रोफाइल आकर्षक र स्पोर्टी बनाइएको छ । पछिल्लो भागमा स्लोपिङ रियर विन्डस्क्रिनका साथ युनिक एलईडी टेललाइट दिइएको छ ।

नयाँ स्पोर्टेज एसयूभको इन्टेरियर पनि आकर्षक बनाइएको छ । यसमा ड्युअल स्क्रिन ड्यासबोर्डका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।

नयाँ स्पोर्टेजमा प्रयोग हुने इन्जिनको वारेमा भने अहिले केही बताइएको छैन । यद्यपि यसको वारेमा आगामी साता जानकारी गराइने कम्पनीले बताएको छ ।

नेपाली बजारमा कियाको स्पोर्टेज एसयूभी एक जमानामा निकै लोकप्रिय थियो । हाल कियाका सेल्टोस र सोनेट लोकप्रिय छन् ।

अन्तर्राष्ट्रिय बजारमा लन्च भए पश्चात केही समय पछि नेपाली बजारमा पनि यो कार आउने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्