Logo
१७ बैशाख २०८१, सोमबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ नेपालमा आउँदै , टिजर सार्वजनिक

नेपाली बजारमा  विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान लिफ भित्रिने भएको छ ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले फेसबुक पेजमा यसको संकेतको रुपमा टिजर सार्वजनिक गरेको छ ।

निसान नेपालको फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर यसको वारेमा संकेत गरिएको छ । धेरैले निसान लिफ नेपाली बजारमा आउने संकेतको रुपमा यसलाई बुझेका छन् ।

पायोनियर मोटोकर्पले गत वर्ष नै निसान लिफ नेपाली बजारमा ल्याउने तयारी गरेको भए तापनि बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा गरिएको भारी वृद्धिका कारण यसको आयात रोकिएको थियो ।

पछि बीचमा केही पुनरावलोकन हुँदा समेत पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउने घोषणा गरिसकेको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो ।

हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएको छ । यसले गर्दा अटोमोबाइल व्यवसायीहरु नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउन हौसिएका छन् ।

निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ । यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन । सायद केही दिनमै यसको मूल्य पनि सार्वजनिक हुनेछ ।

संसारका धेरै मानिसको पहुँचमा पुगेको इलेक्ट्रिक कार भएको कारण यसको मूल्य पनि सायद पहुँचयोग्य हुनेछ ।अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन।

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। नेपाल अटो

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्