Logo
१७ बैशाख २०८१, सोमबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाको एक्सएसआर १२५ मोटरसाइकलको यस्तो छ विशेषता जान्नुहोस् !

यामाहाले औपचारिक रुपमा युरोपेली बजारका लागि एक्सएसआर १२५ मोटरसाइकल बिहिबार सार्वजनिक गरेको छ । यो यामाहाको एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल हो ।

पहिले युरोपेली बजारमा बिक्री गरिने यो मोटरसाइकल आर१२५ र एमटी१२५ प्लेटफर्ममा आधारित छ ।एक्सएसआर १२५ मोटरसाइकल नियो रेट्रो स्टाइलिङ सहितको एवान कयाटागोरी मोडल हो ।

यसको लुक धेरै दक्षिण एसियाली देशहरुमा बिक्री गरिने एक्सएसआर १५५ जस्तै छ । यो मोटरसाइकलमा १२४ सीसीको लिक्विडकुल्ड, एसओएचसी इन्जिन छ, जसले १४.९५ पीएस पावर र ११.५ एनएम टर्क जेनेरेट गर्छ ।

युरोपमा एवान क्याटागोरी मोटरसाइकलमा उपलब्ध यो अधिकतम पावर हो । यसमा ६-स्पिड गियरबक्स छ ।यो मोटरसाइकलमा प्रिमियम फिचरको रुपमा अपसाइड डाउन फ्रन्ट फोर्क्स, डेल्टाबक्स फ्रेम, ब्लक फ्रेम प्याटर्न टायर, १० स्पोक अलोय ह्विल आदि उपलब्ध छ ।

यसमा एलईडी टेलल्याम्प सहित सर्कुलर हेडल्याम्प छ । यसमा भएको सानो गोलाकार एलसीडी मिटरले बाइकलाई रेट्रो लुक प्रदान गरेको छ ।

यामाहाले रेडलाइन, इम्प्याक्ट येल्लो र टेक ब्ल्याक गरी तीन फंकी कलरमा यो मोटरसाइकल उपलब्ध गराएको छ । यसको मूल्य ४ हजार ४४५ युरो अर्थात करिव ८ लाख रुपैयाँ निर्धारण गरेको छ ।

युरो ५ मापदण्डयुक्त यो मोटरसाइकल नेपाली बजारमा भने भविष्यमा समेत आउने सम्भावना नहुन सक्छ । किनभने भारतीय वा नेपाली बजारका लागि यामाहाले एक्सएसआर मोडलबाट प्रभावित एफजेड-एक्स मोडल उपलब्ध गराउने छ ।नेपाल अटो

 

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्