Logo
१७ बैशाख २०८१, सोमबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउदैँ

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले अन्तर्राष्ट्रिय बजारमा ट्रेसर नामबाट ठूला इन्जिन र धेर्र पावर भएको स्पोर्ट्स टुरर मोटरसाइकल बिक्री गरिरहेको छ ।

यसका आधारमा यामाहाले भारतमा पनि आगामी दिनमा यही ब्रान्डमा स्थानीय रुपमा आफ्नो स्पोर्ट्स टुरर मोटरसाइकल उतार्ने तयारी गरिरहेको अनुमान गरिएको छ ।

यामाहाले हाल ट्रेसर ७०० र ट्रेसर ९०० मोटरसाइकल केही देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले ट्रेसर ९०० मोटरसाइकल थाइल्यान्ड र इन्डोनेसिया जस्ता एसियाली देशमा बिक्री गरिहेको छ ।

यो भन्दा पहिले यामाहाले एक नयाँ इन्ट्री लेवल स्पोर्ट्स टुरर मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक भएको थियो ।

यसका आधारमा पनि धेरैले भारत र यसको आसपास बजारलाई लक्ष्यित गरी यामाहाले नयाँ मोटरसाइकल लन्च गर्ने अनुमान गरेका छन् ।

स्पोर्ट्स टुरर र एड्भेन्चर मोटराइकल भारतीय ग्राहकका बीच निकै नै लोकप्रिय मानिन्छन् । यी मोटरसाइकलमा हुने उच्च ग्राउन्ड क्लियरेन्स, राम्रो इर्गोनोमिक्स र आरामदायी सिटका कारण लामो दुरीको यात्राका लागि उपयुक्त मानिन्छन् ।

यी सबैका आधारमा यामाहाले हाल नयाँ ट्रेसर २५० मोटरसाइकल लन्च गर्ने तयारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसको डिजाइन अर्को ठूलो ट्रेसर ७०० जस्तो हुनेछ ।

सो सेमी फेयर्ड मोटरसाइकलमा एउटा ठूलो विन्डसिल्ड, यूएसडी फ्रन्ट फोर्क, स्प्लिट सिट जस्ता फिचर उपलब्ध हुने छन् ।कम्पनीले आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन ।

यद्यपि यामाहा एमटी-२५ मा भएको इन्जिन यसमा प्रयोग हुने अनुमान गरिएको छ । स्पोर्ट्स टुरर मोटरसाइकलमा हुने फिचरका लागि यसमा केही परिमार्जन गर्न सकिने छ । नेपाल अटो

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्