Logo
१७ बैशाख २०८१, सोमबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वागनआर कार अब इलेक्ट्रिक भर्सनमा लन्च हुँदै, यस्तो छ विशेषता !

मारुती सुजुकीले कार वागनआरलाई इलेक्ट्रिक भर्सनमा लन्च गर्ने भएको छ । मारुती सुजुकीले कार वागनआरलाई आफ्नो सबैभन्दा धेरै बिक्री हुने तयारी गरिरहेको छ ।

वागनआर मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार हुनेछ, जसलाई कम्पनीले आफ्नो फेसबुक पेजमा समेत सेयर गरेको छ ।वागनआरको सीएनजी र पेट्रोल भेरिएन्ट जस्तै यसको इलेक्ट्रिक भर्सन पनि हुनेछ ।

मारुतीले यसको फ्रन्ट र रियर साइडमा ब्रान्डिङ गरेको छ । यो भन्दा पहिले गुरुग्राममा यसको परीक्षण पनि देखिएको थियो । भारतमा सो इलेक्ट्रिक ह्याचब्याकको मूल्य करिव ९ लाख भारुको हाराहारी हुने अनुमान गरिएको छ । मारुतीले यो पछि अन्य सेडान र ह्याचब्याकलाई पनि इलेक्ट्रिक भर्सनमा लन्च गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार सो इलेक्ट्रिक कारले एक पटकको फुल चार्जमा २ सय किलोमिटर भन्दा धेरै दुरी तय गर्न सक्छ । यो ड्राइभिङ रेन्जका साथ वागनआर ईभी उपयुक्त सिटी इलेक्ट्रिक कार बन्न सक्ने छ ।

स्ट्यान्डर्ड चार्जरको सहयोगले यसलाई फुल चार्ज गर्दा करिव ७ घण्टा लाग्ने छ भने फास्ट चार्जरबाट गर्दा एक घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ ।

स्ट्यान्डर्ड चार्जरको सहयोगले यसलाई फुल चार्ज गर्दा करिव ७ घण्टा लाग्ने छ भने फास्ट चार्जरबाट गर्दा एक घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ । नेपाल अटो

 

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्