Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता मारनको कोरोनाको कारण निधन

भारतमा अहिले कोरोना महामारीको दोस्रो लहरले एकदमै विकराल रुप लिएको छ । अहिले भारतमा कोरोनाबाट एकदमै धेरै नागरिकले ज्यान गुमाइरहेका छन् ।

पछिल्लो समयमा कोरोना महामारीबाट कलाकारहरुले ज्यान गुमाउने संख्या बढ्दै गएको अवस्थामा दक्षिण भारतीय (साउथ) फिल्म अभिनेता मारनको कोरोनाका कारण निधन भएको हो ।

४८ वर्षका मारनलाई दुई दिन पहिले चेन्गलपट्टुको एक सरकारी अस्पतालमा भर्ना गरिको थियो । उनको बिहीवार बिहान निधन भएको हो । अव निगम अधिकारीले उनको शवको अन्तिम संस्कार गर्नेछन् ।

मारनको निधले साउथ इन्डस्ट्री शोकमा डुबेको छ । मारनले गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम र बोस अन्गिर भास्करन जस्ता फिल्ममा काम गरेका छन् ।

उनी सुपरस्टार रन्जीतका साथ एक फिल्ममा देखिँदै थिए । जसको सुटिङ पूरा भैसकेको छ ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्