Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भयावह : एकैदिन थपिए ८६५९ संक्रमित, ५८ जनाको मृत्यु

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण भयावह भनिरहेको छ । कोरोना नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ तर पनि कोरोना संक्रमित र मृत्युको दर झनै बढ्दै गइरहेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ८६५९ जना कोरोेना संंक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६,१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्। आजको कोरोना संक्रमित दर र मृत्यु हुनेको दर अहिलेसम्मकै उच्च रहेको छ ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्