Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब हिरो एक्सपल्स २०० को मूल्य ३ लाख ९९ हजार पुग्यो

कोरोना महामारीसँगै नेपालमा सम्पूर्ण बस्तुमा मुल्य वृद्धि भएको छ । त्यस्तै नेपालको अटोबजारमा पनि त्यसको असर देखिएको छ ।

नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै वृद्धि गरिएको छ । यस अनुसार हिरोको सबैभन्दा चर्चित एड्भेन्चर बाइक एक्सपल्स २०० को मूल्य ३ लाख ९९ हजार पुगेको छ ।

एक्सपल्स २०० को मूल्य ३ लाख ९१ हजार ५ सय बाट एकैपटक ३ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

हिरोका अन्य बाइक वा स्कुटरको मूल्यमा पनि सामान्य वृद्धि गरिएको छ । नेपाली बजारमा हिरोका एक्सपल्स २०० का अतिरिक्त एचिभर, एचएफ डिलक्स, ग्ल्यामर, स्प्लेन्डर, हंक, एक्सपल्स २००टी, एक्सट्रिम १६०आर, एक्सट्रिम २००एस आदि मोटरसाइकल र प्लेजर, माएस्ट्रो एज, ड्युएट र डेस्टिनी स्कुटर उपलब्ध छन् ।

नेपाली बजारमा उपलब्ध हिरोका बाइक र स्कुटर तिनको मूल्य सूची यहाँ  हेर्न सकिन्छ । नेपाल अटो 

 

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्