Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ममता बनर्जी ७ हजार मतले पछाडी तर पश्चिम बंगालमा TMC कै सरकार रहने, आसाममा BJP

भारत स्थित पश्चिम बंगाल सहित बिभिन्न ५ ओटा राज्यमा भएको विधानसभा चुनावको मतगणना जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक रुझान अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टी र तृणमूल कांग्रेस बीच कडा प्रतिस्पर्धा देखिएको छ छ ।

ममता बनर्जीका लागि भने नराम्रो खबर छ। ममता बनर्जी नन्दिग्राम सीटबाट शुभेंदु अधिकारीलाई पछाडि पार्दै छन्। शुभेंदु अधिकारी बाट ममता सात हजार भोटले पछाडी छन् ।

तर पश्चिम बंगाल तृणमूल कांग्रेसले नै सरकार बनाउने संभावना देखिएको छ । त्यसैगरी आसाममा बिजेपीलाई बहुमत प्राप्त भएको देखिन्छ । अन्य राज्यहरुमा भने क्षेत्रीय पार्टीहरुले बहुमत पाएको देखिन्छ ।

यद्यपि अहिलेसम्मको परिणामलाई हेर्दा पश्चिम बंगालमा टीएमसीले बहुमत पाएको देखिन्छ । जसरी भाजपा भने टिएमसी भन्दा निकै पछाडी छन् । रुझान अनुसार टीएमसीले १७० भन्दा बढी सिट पाएको छ।

पश्चिम बंगालका सबै २९२ सीटको रुझान आइसकेको छ । अहिलेसम्मको रुझानमा टीएमसी १७१ सीटमा अगाडि छ, जबकि भाजपा ११५ सीटमा अगाडि छ ।

त्यस्तै कांग्रेस र वामपन्थी गठबन्धन ६ सीटमा मात्र अगाडि छ।

हेर्नुस् अहिलेसम्मको सबै पतपरिणाम : 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्