Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्री पी-१ मोटरसाइकल वेबसाइटमार्फत १० हजारमा बुकिङ गर्न सकिने

नेपालमै बनेको यात्री पी-१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने कम्पनीले बताएको छ ।यात्री मोटरसाइकल्सले यो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यात्री मोटरसाइकल्सको वेबसाइटमार्फत १० हजार रुपैयाँमा बुकिङ गरे पश्चात करिव तीन महिना भित्रै मोटरसाइकल उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

सो रकम पछि फिर्ता हुने गरी बुकिङ उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।यात्री पी-० पहिले नै सार्वजनिक भए पनि हालै प्रोडक्सन भर्सन सार्वजनिक गरिएको छ । यसको मूल्य भने १९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

पहिले नै ५० जनाले यसको बुकिङ गरिसकेको र उनीहरुलाई नै यो बाइक उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

पी-१ भने अब सबैले बुकिङ गर्न सक्ने छन् । पी-१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।

यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । नेपाल अटो

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्