Logo
२ जेष्ठ २०८१, बुधबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डाले सांघाईमा लन्च गर्‍यो सीबी ४००एफ र सीबी ४००एक्स बाइक !

सांघाई अटो शोमा होन्डाले सीबी४००एफ र सीबी४००एक्स बाइक लन्च गरेको छ । चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स बाइक लन्च गरेको हो ।

अमेरिकी र युरोपेली बजारलाई लक्ष्यित गरी होन्डाले यही मोडलका ५०० सीसीका बाइक उपलब्ध गराइरहेको छ । यी देशमा होन्डाको ५०० सीसी बाइकलाई फर्स्ट टाइमर तथा अनुभवी दुवै बाइकरले रुचाएको पाइन्छ ।

तर चीन र जापानमा भने ५०० सीसी भन्दा माथिका बाइकलाई बिग बाइकको वर्गमा राखिन्छ र नयाँ राइडरले ४०० सीसी भन्दा माथिका बाइक चढ्न पाउदैनन् ।

यही कुरालाई मनन गरी होन्डाले ४०० सीसीका यी दुई बाइक उपलब्ध गराएको बताएको छ । यद्यपि धेरै कुरामा ५०० सीसी र ४०० सीसी बाइकमा समानता पाइन्छ ।

सीबी४००एफ नेकेड स्ट्रिटफाइटर बाइक हो । यसमा स्प्लिट अप–सिट छ । त्यसैगरी एंगुलर बडीवर्कका साथै होन्डा बिल्ड क्वालिटी सबै ५०० सीसी जस्तै छ ।

त्यसैगरी सीबी४००एक्स एड्भेन्चर स्टाइलमा उपलब्ध छ । अफरोड र ट्राभलका लागि यो निकै नै हलुका छ ।यी बाइकमा ३९९ सीसीको प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४४.८७ पीएस पावर र ३७ एनएम टर्क दिन्छ ।

नेपाली बजारमा हाल माग अनुसार होन्डाले सीबी४००एके बाइक बिक्रीका लागि उपलब्ध गराइरहेको छ । यसको मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । तर यी दुई नयाँ बाइक भने नेपाली बजारमा आउने सम्भावना कमै छ । नेपाल अटो

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्