Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल इन्फिल्ड मेटियर मोटरसाइकल नेपालमा लन्च हुँदै, यस्तो छ बिशेषता !

रोयल इन्फिल्ड मेटियर मोटरसाइकल नेपाल आउने भएको छ ।भारतीय बजारमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१ उपाधि जित्न सफल रोयल इन्फिल्ड मेटियर मोटरसाइकल नेपाल आउने भएको हो ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले यसको लागि तयारी गरिरहेको र सम्भवतः बैशाख महिना भित्रै आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक गर्ने बताएको छ ।

रोयल इन्फिल्ड मेटियर ३५० मा बीएस ६ मापदण्डयुक्त ३४९ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २०।५ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ५ स्पिड गियरबक्सका साथ उपलब्ध छ ।

मेटियर ३५० मा पहिलो पटक रोयल इन्फिल्डले स्मार्ट कनेक्टिभिटी उपलब्ध गराएको छ, जसलाई रोयल इन्फिल्ड एपको सहयोगले फोनसँग कनेक्ट र कन्ट्रोल गर्न सकिन्छ ।

त्यसैगरी फोनबाटै नेभिगेसन कनेक्ट गरेर इन्स्ट्रयुमेन्ट क्लस्टरमा देख्न सकिन्छ ।रोयल इन्फिल्ड मेटियर ३५० मा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिसनका साथै ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर र सर्भिस रिमाइन्डर जस्ता फिचर पनि देख्न सकिन्छ ।

त्यसैगरी यसमा ड्युअल च्यानल एबीएस, ट्विन सक एब्जर्बर, एलईडी डीआरएल भएको सर्कुलर हेलोजन हेडल्याम्प, एलईडी टेलल्याम्प र ४१ एमएम टेलिस्कोपिक फोर्क्स पनि उपलब्ध छ । यसको सिट पनि निकै नै आरामदायी बनाइएको छ ।

रोयल इन्फिल्डले यसलाई ‘इजी क्रुजर’ भनेको छ र रेट्रो चार्म पहिचानका लागि विभिन्न फिचरले सहयोग गरेको छ ।

नेपाली बजारमा यसको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी नै हुने अनुमान गरिएको छ । नेपालअटो

 

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्