Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन : सरोकारवाला

शिक्षा मन्त्रालयमा कोरोना भाइरस फैलिदै गएपछि विद्यालय बन्द गर्ने नगर्ने विषयमा आज सरोकारवालाहरुसँग छलफल गरेको छ ।

उक्त छलफलमा सरोकारवालहरुले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए । आज शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

शिक्षा मन्त्रालयले आज बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक सङ्घ, स्थानीय तहका प्रतिनिधिलाई छलफलमा बोलाएको थियो ।

छलफलमा सहभागी सरोकारवालाहरूले अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको तथा अवस्था थप जटिल बन्दै गएमा बन्द नै गर्नुपर्ने भए कक्षा पाँच सम्म मात्रै बन्द गर्न सकिने धारणा राखेका थिए ।

स्वास्थ्य मन्त्रालयले भने ठुला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्