Logo
२६ बैशाख २०८१, बुधबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २६६ संक्रमित थपिए, २ जनाको मृत्यु र १०२ डिस्चार्ज

छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय कोरोना संक्रकित रहेका छन् । गएको २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परिक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो ।

आज १ सय २ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।

आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ६४ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८९ हजार ८ सय २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्