Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

उनी अहिले सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा उपचाररत छन् । ‘डाक्टरहरुले पल्स र अक्सिजन एकदमै कम छ, काठमाडौं लैजानुस् भन्नुभएकाले हेलिकप्टर मगाइएको छ,’ स्रोतले भन्यो ।

मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताएका थिए । तर पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उनी रामेछाप प्रस्थान गरेका थिए । सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रकाशित मिति: May 7, 2024

प्रतिक्रिया दिनुहोस्