Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फक्सवागनले गर्‍यो टाइगुन एसयूभी सार्वजनिक, क्रेटा, सेल्टोस र किक्सको प्रतिस्पर्धि बन्ने

पछिल्लो विभिन्न कम्पनीहरुले नयाँ नयाँ मोडलका अटो बजारमा ल्याइरहेका छन् । फक्सवागनले पहिलो मेड इन इन्डिया मोडलको रुपमा टाइगुन एसयूभी सार्वजनिक गरेको छ ।

फक्सवागनले सो एसयूभीको इन्जिन र ट्रान्समिसनका साथै विभिन्न मुख्य विशेषता सार्वजनिक गरेको छ ।स्कोडा कुशाक जस्तै फक्सवागन टाइगुन पनि एमक्युबी एओ इन प्लेटफर्ममा विकसित गरिएको छ, जुन भारतमै स्थानीय स्तरमा उत्पादन गरिएको मानिन्छ ।

टाइगुनमा १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन हुनेछ । डिजेल इन्जिनमा यो उपलब्ध हुने छैन ।सुरक्षाका लागि टाइगुनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, आइसोफिक्स एंकर, हिल होल्ड असिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर मोनिटर हुनेछन् ।

टाइगुनमा २ हजार ६५१ एमएमको ह्विलबेस हुनेछ, जसका कारण यो कार निकै नै स्पेसियस र रुमी इन्टेरियर सहितको हुने फक्सवागनको दावी छ ।

एक्सटेरियरमा स्लिक एलईडी हेडल्याम्प र एलईडी डीआरएल सहितको फराकिलो क्रोम स्लेट सिग्नेचर भीडब्ल्यु ग्रिल उपलब्ध छ । १७ इन्चको ड्युअल टोन अलोय ह्विल र लाइट बार सहितको टेलल्याम्प दिइएको छ ।

क्याबिनमा विभिन्न नयाँ टेक प्याकेज उपलब्ध हुनेछन् । यसमा डिजिटल ड्राइभर ककपिट, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको १० इनच टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, माई फक्सवागन कनेक्ट तथा यूएसबी र यूएसबी–सी चार्जर हुनेछ । कम्फर्टका लागि इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड सिट, एम्बिएन्ट लाइटिङका साथै प्रशस्तै स्टोरेज स्पेस र पछिल्लो भागमा बस्ने यात्रीका लागि फ्ल्याट फ्लोर हुनेछ ।

भारतीय बजारमा आगामी सेप्टेम्बर वा फेस्टिभ सिजन सम्म यो गाडी लन्च हुने र यसको मूल्य १० लाख देखि १७ लाख भारु सम्म हुने अनुमान गरिएको छ ।

फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल अटो

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्