Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कल्पना दाहालले जितिन् दोहोरी च्याम्पियनको तेस्रो ऐपिसोड !

नेपालकै पहिलो दोहोरी प्रतियोगीता सम्बन्धी टेलिभिजन सो दोहोरी च्याम्पिएनको तेस्रो एपिसोड कल्पना दाहालले जितेकी छिन् ।

नेपाल टेलिभिजनद्धारा प्रशारण हुने दोहोरी च्याम्पिएनको तेस्रो एपिसोड दाहाल समुहले जितेको हो ।केही समय अगाडी देखि सुरु भएको दोहोरी च्याम्पिएनको शनिवार भएको प्रतियोगीतामा कल्पना दाहाल समुहले जीत हासिल गरेको हो ।

कल्पना दाहाल र प्रदिप रोक्का तथा लक्ष्मी बस्नेत र विक्रम बाबु विश्वकर्माबीच भएको प्रतियोगीतामा कल्पना दाहाल समुहले जीत हासिल गरेको हो ।

हरेक हप्ताको शनिवार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको दोहोरी च्याम्पियनको पहिलो ऐपिसोड जजका कारण विवादमा परेको थियो । कल्पना दाहाललाई जज चन्द्र शर्माले विभिन्न अभिव्यक्ति दिएपछि विवादमा परेको थियो ।

शुरुको ऐपिसोडमा नकारात्मक कमेन्ट पाएको च्याम्पियनका जजहरु अहिले भने सुध्रिएको प्रतिक्रिया दर्शकहरुले दिईरहेका छन् । च्याम्पियनले तेस्रो भाग प्रशारण गरेको छ ।

प्रकाशित मिति: Mar 28, 2021

प्रतिक्रिया दिनुहोस्