Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै सबैभन्दा सस्तो यो हो इलेक्ट्रिक स्कुटर ! थाहापाउँनुहोस् यसका विशेषता

विश्वकै सबैभन्दा सस्तो डिटेल ईजी प्लस इलेक्ट्रिक स्कुटर भारतमा लन्च भएको छ ।

कम्पनीका अनुसार सो स्कुटर विश्वको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर बनेको छ ।सो मोडेलाई कम्पनीले ३९ हजार ९९९ भारुमा लन्च गरेको छ ।

सो स्कुटर कम्पनीको वेबसाइटबाट खरिद गर्न सकिन्छ । सो स्कुटर खरिद गर्नको लागि अनलाइनबाट पनि बुकिङ गर्न सकिन्छ । यसको लागि २ हजार भारुमा बुक गर्न सकिन्छ ।

सो स्कुटरमा २५० वाटको इलेक्ट्रिक मोटर र ४८ भोल्ट लिथियम आयोन फास्फेट ब्याट्री जडान गरिएको छ । सो ब्याट्री ६ देखि ७ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

कम्पनीले सो स्कुटरको लागि २ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । सो स्कुटर खरिद गर्दा प्रिपेड रोडसाइड असिस्टेन्स प्याकेज र फ्रि हेलमेट उपलब्ध गराएको छ ।

सो स्कुटरले सिंगल चार्जमा ६० किलोमिटरको रेन्ज दिन्छ । यसको लोड क्षमता १७० किलोग्राम रहेको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।

यसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा रहेको छ ।कम्पनीले सो स्कुटर मेटेलिक ब्ल्याक, मेटेलिक रेड, मेटेलिक येल्लो, गनमेटल र पर्ल ह्वाइट रङमा उपलब्ध गराएको छ ।नेपालअटो

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्