Logo
२६ बैशाख २०८१, बुधबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

अमेरिकामा जर्जिया राज्यस्थित एटलान्टामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । उक्त घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन् । मारिनेमा अधिकांश एशियाली मुलुकका नागरिक छन् ।

२१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शुरुमा दुई एशियाली महिलामाथि गोली प्रहार गरेका ती ब्यक्तिले त्यसको एक घण्टापछि थप चार एशियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ ।

दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो । न्यूयोर्क डेली न्युजका अनुसार २ जना एट्लान्टा नजिकैको गोल्ड स्पामा मारिएका थिए भने चार जना एरोमाथेरापीमा मारिएका हुन् । हाल गोली चलाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्