Logo
२ जेष्ठ २०८१, बुधबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारी दिवसको अवसरमा श्रीमानलाई बोकेर दौड प्रतियोगिता

गण्डकी प्रदेश स्थित तनहुँको देवघाट गाउँपालिकामा १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड प्रतियोगिता आयोजना गरीएको छ ।

श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्षले जानकारी दिए ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् ।

उनका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्