Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाटाद्वारा भ्यालेन्टाइन डेमा स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रम आयोजना

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेसिङगले भ्यालेन्टाइनको अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमको योजना ल्याएको छ ।

माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म थापाथलीमा रहेको टाटा मोटर्सको शोरूममा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रम आयोजना हुने भएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा यो कार्यक्रमको योजना ल्याएको हो।

ग्राहकरुले यस कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीको अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको गाडी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षक प्याकेजहरु समेटिएका छन् ।

टाटा मोटर्सको शोरूम गएर नयाँ गाडी खरिद गर्दा आकर्षक अफर पाउन सकिने छ ।

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्