Logo
२० बैशाख २०८१, बिहीबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता राजिव कपुरको हृदयघातका कारण निधन

बलिउड अभिनेता स्व.ऋषि कपुरका भाइ राजिव कपुरको आज मंगलबार दिउँसो हृदयघातका कारण निधन भएको छ । ५८ वर्षका राजिवको चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा निधन भएको हो ।

राजीवले राम तेरी गंगा मैलीजस्ता विभिन्न फिल्ममा काम गरेका थिए । ऋषि कपुरकी श्रीमती नीतू कपुरले आफ्नो सोसल मिडिया अकाउन्टबाट पोस्ट गरेर यसबारे पुष्टि गरेकी छिन् । नीतू कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट राजीव कपूरको तस्बिर सेयर गर्दै लेखिन्, ‘रेस्ट इन पीस । ’

दिग्गज बलिउड गायिका लता मंगेशकरले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गरेर राजिव कपुरको निधनमा शोक व्यक्त गरेकी छिन् । लता मंगेशकरले आफ्नो ट्वीटमा लेखिन्, ‘मैले भर्खरै थाहा पाएँ कि राज कपूर साहबका कान्छा छोरा, गुणी अभिनेता राजिव कपुरको आज स्वर्गवास भयो । सुनेर मलाई असाध्यै नराम्रो लाग्यो । ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन् । यही मेरो प्रार्थना हो ।’ लताको ट्वीटमा विभिन्न प्रशंसकले राजिव कपूरको आत्मा शान्तिको प्रार्थना गरेका छन् ।

राजिव कपूरले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । शम्मी कपुर र शशी कपूर राजिवका काका थिए । कामको कुरा गर्ने हो भने उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।

 

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्