Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाको एसआर ४०० को फाइनल एडिसन बाइक रेट्रो लुकको साथमा जापानमा लन्च

रेट्रो लुकको साथमा जापानमा लन्च भयो यामाहा एसआर ४०० को फाइनल एडिसन गरिएको छ ।

सो बाइकको लुकमा ४३ वर्ष देखि खासै परिवर्तन गरिएको देखिदैन । यो यामाहाको अन्तिम सेड अफ हो ।रिपोर्ट अनुसार सो बाइक उक्त एडिसनको अन्तिम बाइक हुनेछ ।

सो बाइकको प्रोडक्सन १९७८ मा सुरु गरिएको थियो । सो बाइक दुई भेरिएन्टमा लन्च गरिएको छ ।कम्पनीको बाइक लामो समयदेखि यू प्रोडक्सनमा रहेको छ ।

सो बाइकको लिमिटेड एडिसन पनि लन्च भइसकेको छ । सो बाइक एक हजार युनिट मात्र प्रोडक्सन गरिनेछ ।एसआर ४०० फाइनल एडिसनको मूल्य ६ लाख ५ हजार जापानी येन तोकिएको छ भने लिमिटेड एडिसनको मूल्य ७ लाख ४८ हजार येन तोकिएको छ ।

सो बाइकमा ३९९ सीसी, सिंगल सिलिन्डर, एसओएचसी, एयर कुल्ड, टु भल्व मोटर इन्जिन समावेश गरिएको छ । सो इन्जिन २९।७ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।

सो बाइकको ट्रान्समिसन ५ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्रन्ट र रियरमा डिस्क ब्रेक रहेको छ ।बाइक जापान वाहेक अन्य देशमा लन्च हुन्छ कि हुँदैन भन्ने जानकारी कम्पनीले दिएको छैन ।नेपाल अटो

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्