Logo
२२ बैशाख २०८१, शनिबार
(January 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माेरंग अटाेवर्क्सबाट लिएकाे अटाेलाेनकाे भुक्तानी खल्ती वालेटबाटै गर्न सकिने 

काठमाडाैं : माेरंग अटाेवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् ।

ग्राहकले खल्ती एपकाे इएमआइमा गएर माेरंग अटाे वर्क्स (एमएडब्ल्यु) इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहककाे नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ ।

खल्तीले यस्ताे सुविधा उपलब्ध गराएपछि माेरंग अटाेवर्क्सबाट सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज बनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।

प्रकाशित मिति: Jan 28, 2021

प्रतिक्रिया दिनुहोस्