Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्याटसनका गाडी किन्न नविल बैंकले ७.९९ प्रतिशतमै अटो लोन दिने

ड्याटसनका गाडी किन्नका लागि ७.९९ प्रतिशतमै नविल बैंकले अटो लोन दिने भएको छ ।

नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार वार्षिक ७.९९ प्रतिशतमा अटो लोन उपलब्ध हुने भएको छ।

नेपाली बजारमा ड्याटसनका न्यु रेडी गो र न्यु गो गाडी उपलब्ध छन् । यी गाडीको मूल्य क्रमशः २३ लाख ९९ हजार र २७ लाख ९९ हजार रुपैयाँ छ ।

नविल बैंकले अटो लोनको सो दरलाई ५ वर्ष सम्म परिवर्तन गर्ने छैन । यसले गर्दा ग्राहकलाई धेरै नै राहत हुनेछ ।

रेडी गो ह्याचब्याकमा १८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स तथा क्लास लिडिङ रियर नि रुम कम्फर्ट जस्ता सुविधाका कारण यसमा सेडानको जस्तै सुविधा अनुभूति गर्न सकिन्छ ।

नयाँ रेडी गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कारप्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ ।

प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युअल टोन इन्स्ट्रयुमेन्ट प्यानल पनि रहेको छ ।यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ ।

ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ ।

त्यस्तै यसमा साइड इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, ड्युअल एयरब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामेरा पनि रहेको छ ।

अल न्यु ड्याटसन गोमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६८ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ । यसको ह्विलबेस २४५० एमएम छ ।

त्यसैगरी यसमा २६५ लिटर लगेज स्पेस र ४.६ मिटर टर्निङ रेडियस छ । यसले प्रतिलिटर १९।८३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसमा ७ इन्च क्षमताको एड्भान्स्ड टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्ट गर्न सकिन्छ । यसको सहयोगले आफूलाई मन पर्ने संगीत सुन्दै यात्रा गर्न सकिन्छ ।

नयाँ ड्याटसन गोमा अल ब्ल्याक क्रोम फिनिस प्रिमियम इन्टेरियर छ । त्यसैगरी स्टाइलिस एलईडी डीआरएल अर्थात डे टाइम रनिङ लाइट, डायनामिक ग्रिल, डायमन्ड कट १४ इन्चको एलोई ह्विल, स्टाइलिस र फलो मी होम फिचर भएको हेडल्याम्प छ ।

गाडी बन्द गरेको केही समय पछि सम्म सो हेडल्याम्प बलिरहने भएकाले घरमा पुग्नका लागि रातमा पनि सहज हुन्छ ।

नयाँ ड्याटसन गोमा अत्याधुनिक सेफ्टी फिचरहरु समेत उपलब्ध छन् । यसमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस र ब्रेक असिष्ट तथा रिभर्स पार्किङ सेन्सर विथ क्यामेरा छन् । यसमा राइड कन्ट्रोल एड्भान्स्ड सस्पेन्सन सिष्टम छ ।

यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिने कम्पनीको भनाइ छ ।नेपाल अटो

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्