Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको उत्तराखण्डमा बनाइयो १९ वर्षीया किशोरीलाई एकदिने मुख्यमन्त्री

छिमेकी भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दै छिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्