Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौनी रोयको ग्ल्यामरस फोटो डिलिट गर्दै नेशनल स्टक एक्सचेन्जले माग्यो माफी

भारतीय सोसल मिडियामा कुनै न कुनै कुराको चर्चा चलिरहेको हुन्छ । त्यस्तै शनिबार बेलुकी मौनी रोय तब अचानक सोसल मिडियामा चर्चामा आइन् ।

उनी चर्चामा आउनुको कारण चाही नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलबाट उनका दुई ग्ल्यामरस फोटो सेयर गरिदिए एका थिए त्यसपछि उनको सोसल मिडियामा चर्चा हुन थाल्यो

क्याप्सनमा …. जस्ता ह्यासट्याग लेखिएको थियो, ‘शनिबारको तापक्रम बढिरहेको छ । मौनी रोय निकै लोभलाग्दी देखिएकी छिन् ।’ यद्यपि, पछि यो पास्ट डिलिट गरियो ।

पोस्ट डिलिट गरेपछि नेशनल स्टक एक्सचेन्जले आफ्नो गल्तीका लागि खेद जताउँदै माफी मागेको छ ।

उनीहरुले लेखेका छन्, ‘आज १२ः२५ बजे एनएसईको ह्यान्डलबाट नचाहिँदो पोस्ट गरिएको थियो । यो एक मानवीय भूल थियो जुन एनएसईको अकाउन्टलाई ह्यान्डल गर्ने एजेन्सीले गरेको थियो ।

कुनै ह्याकिङ भएको होइन । असुविधाका लागि हामी आफ्ना फलोअर्ससँग माफी माग्छौं ।एजेन्सी

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्