Logo
७ जेष्ठ २०८१, सोमबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक भएको छ ।

नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्।

ट्रम्पको पासवर्ड “maga2020!”भएको बताइएको छ।तर ‘नैतिकतापूर्वक काम गरेकाले’ भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए।

त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो।

गेभर्सले साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्। उनी २२ वर्षदेखि साइबर सुरक्षाको क्षेत्रमा कार्यरत छन् ।उनले ‘यो मेरो मात्र कामको कुरा होइन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो’ भने ।

उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेको बताएका थिए।

त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनको भनाइ छ। डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन्।

“राष्ट्रपतीय निर्वाचनको मुखैमा उक्त ट्विटर अकाउन्ट हात पार्न सकिन्छ कि भनेर ठूलो चासो भएकाले आफूले त्यसको पासवर्ड कति सबल छ भनेर अनुसन्धान गरेको उनले पछि प्रहरीलाई बताए।”

डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो।गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताएका थिए।

झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्