Logo
२९ बैशाख २०८१, शनिबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अजय देवगनको फिल्म ‘मैदान’को रिलिज हुने मिति घोषणा

बलिउड बजारमा अजय देवगन एक चर्चीत अभिनेताको रुपमा चिनिने गर्छन् । उनका केहि फिल्महरु रिलिजको पर्खाइमा रहेका छन् । तिनै रिलिजको पर्खाइमा रहेका फिल्ममध्ये एक हो ‘मैदान’  ।

अजय देवगनले पोस्ट गर्दै यो फिल्म रिलिज १५ अक्टोबर २०२१ मा हुने घोषणा गरेका छन् । हाल फिल्मको रिलिज मिती देवगनले तोकेका छन् ।

‘मैदान’यो फिल्मको सुटिङ धेरै समयबाट भइरहेको थियो तर कोरोना भाइरसको कारण काम प्रभावित भएको थियो ।यो फिल्मको रिलिज डेट पनि २ पटक परिर्वतन भएको छ ।

यो फिल्म अब आउने दशैको अवसरमा रिलिज हुनेछ । देवगनको यो फिल्म धेरै ठुलो स्केलमा रिलिज हुनेछ । फिल्म निर्माताले ४ भाषामा रिलिज गर्ने भएका छन् ।

हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।सुरुमा यहि डिसेम्बरमा रिलिज हुने भनिएको यो फिल्म २०२१ अगष्ट मा रिलिज मिती सारिएको थियो ।

मैदान फिल्म भारतीय राष्ट्रिय फुटबल टीमको कोच तथा प्रबन्धक सैयद अब्दुल रहिमबाट प्रेरित भएको एक जीवनीमा आधारित खेल ड्रामा हो ।

फिल्मको लेखन सैवय कुरदास, अमित शर्मा र रितेश शाहले गरेका हुन् भने निर्देशन अमित शर्माको रहेको छ । मैदान फिल्ममा अजयले फुटबल कोचको भुमिका निभाएका छन् ।

यो कुनै बायोपिक फिल्म भने होइन् । अजयको साथमा प्रियामणि, गजराव राय र बोमन ईरानीको मुख्य भुमिका रहेका छ ।एजेन्सी

 

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्