Logo
२६ बैशाख २०८१, बुधबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन् ।

पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन् ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् ।

यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन् ।

पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

अर्का तर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् ।

यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ ।

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्