Logo
२९ बैशाख २०८१, शनिबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ वर्षमै बितिन् , टेलिसिरियल ये रिश्ता क्या कहलाता हैु की कलाकार दिव्या !

चर्चित हिन्दी टेलिसिरियल ये रिश्ता क्या कहलाता हैु की कलाकार दिव्या भटनागरको निधन भएको छ।

कोरोनो संक्रमणपछि अस्पतालमा उपचार गराइरहेकी उनको आज सोमबार मुम्बईमा निधन भएको हो। उनी ३४ वर्षकी थिइन्।

दिव्या के भाई देवाशीष भटनागरले दिव्याको सोमबार बिहान ३ बजे निधन भएको डिएनएइन्डियाले जनाएको छ। दिव्यालाई २६ नोभेम्बरमा मुम्बईको एसआर अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य नाजुक भएपछि उनलाई पछि मल्टी स्पेशलिटी अस्पताल -सेवन हिल्समा सारिएको थियो।

सन् २००६ मा चाँद के पारबाट अभिनय यात्रा सुरु गरेपछि उनी ये रिश्ता क्या कहलाता है, उडान, तेरा यार हूँ मै, जीत गई तोह पिया मोरे, सावरे सबके सपने जस्ता कयौं टेलिसिरयलमा सक्रिय रहिन्। ‘गुलाबो’ पात्रका रुपमा उनले ये रिश्ता क्या कहलाता हैु बाट विशेष चर्चा कमाएकी थिइन्। गत वर्ष डिसेम्बरमा गगन सँग परिवारको इच्छा विपरीत उनले बिहे गरेकी थिइन्।

खबरअनुसार दिव्याको पतिसँग सम्बन्ध राम्रो थिएन। टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनकी आमाले भनेकी थिइन्, दिव्याको पति जाली छ। उसले दिव्यालाई छोडेर गयो र उसको स्वास्थ्यका बारेमा सोधपुछ पनि गरेन।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्