Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड लागुऔषध काण्ड : अर्जुन रामपालाई बयानका लागि दोस्रोपटक बोलायो एनसीबीले

बलिउडमा अभिनेता शुसान्त राजपूत सिंहको मृत्यु भएको पनि लामो सयम भइसक्यो तर पनि उनको मृत्यु प्रकरणको अनुसन्धान गर्दा खेरी जोडिएको बलिउड लागुऔषध मुद्दामा अझै अनुसन्धान चलिरहेको छ ।

सो यहि शिलशिलामा वलिउड अभिनेता अर्जुन रामपाललाई आज शुक्रबार एनसीबीले दोस्रोपटक बयानका लागि बोलाइएको छ ।

अर्जुन र उनकी प्रेमिकालाई एनसीबीले पहिले पनि सोधपुछ गरिसकेको छ । अर्जुनको घरमा एनसीबीले छापा मार्दा केही प्रतिबन्धित औषधि फेला पारेको थियो ।

एनसीबीका अधिकारीहरुका अनुसार अर्जुन र गाब्रिएलाले ती औषधि कहाँबाट आएको हो भनेर उत्तर मागिनेछ । साथै उनीहरुसँग यो औषधि राख्‍नका लागि कानुनी प्रेस्क्रिप्सन छरछैन सोधिनेछ ।

एनसीबीले गाब्रिएलाका भाइ अगिसियालोसलाई लागुऔषध ओसारपसारको आरोपमा पक्राउ गरिसकेको छ । एनसीबीले उनीसँग हशिश र एलप्राजोलम नाम ट्याब्लेटहरु फेला पारेको थियो ।

एनसीबीका अनुसार एक नाइजेरियन ड्रग्स डिलरसँगको सोधपुछपछि अगिसियालोसलाई पक्राउ गरेको हो ।

अर्जुन रामपालकी प्रेमिका गाब्रिएला डेमेट्रिएडिस भने हिजो विहिबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) पुगेकी छिन् ।

उनी आफ्नो वकिलसँगै एनसीबी कार्यालय पुगेकी हुन् । एनसीबीका एक प्रतिनिधिका अनुसार उनलाई एनसीबीले दोस्रोपटक बयानका लागि बोलाएको हो ।एजेन्सी

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्